नेभिगेशन
सबै कुरा

तोकिएको भन्दा बढी मूल्य नलिन पानी उद्योगीलाई विभागको आग्रह

काठमाडौँ । वाणिज्य विभागले तोकिएको भन्दा बढी मूल्य नलिन पानी उद्योगीहरूलाई आग्रह गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले पानी उद्योगहरूलाई आग्रह गरेको हो । 

विभागले सिलबन्द जारको पानीको मूल्य विभागले यस अघि नै तोकेको भन्दै त्यसभन्दा माथि गएर उपभोक्तालाई बिक्री गरेको पाइए कारबाही गर्ने जनाएको हो । 

Dish Home
Global Ime Bank

विभागले ४ वर्ष अघि नेत्र सुवेदी महानिर्देशक भएको बेला सिलबन्द जार र बोतलको पानीको अधिकतम खुद्रा बिक्री मूल्य तोकेको थियो । जसअनुसार एक लिटरको बोतल बन्द पानीको अधिकतम खुद्रा बिक्री मूल्य १६ रुपैयाँ र २० लिटरको जारको पानीको मूल्य ४७ रुपैयाँ तोकेको थियो ।

सो मूल्य भन्दा अधिक रकम उपभोक्ताबाट असुल भइरहेको उजुरी पछि यस्तो सूचना जारी गरिएको विभागका अनुगमन शाखा प्रमुख राकेश पाण्डेले बताए । 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation