नेभिगेशन
सबै कुरा

काभा भलिबल : फाइनलमा नेपाल भारत भिड्दै, प्रधानमन्त्री ओली पनि हेर्न जाने

काठमाडौँ । काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि आज नेपालले भारतसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा साँझ ५ बजे नेपाल र भारतबीच उपाधिका लागि भिडन्त हुदैछ ।

मंगलबार सेमिफाइनलमा नेपालले इरानलाई हराएर फाइनल प्रवेश गरेको थियो भने भारत श्रीलंकालाई हराउँदै फाइनलमा पुगेको थियो।

यसअघि नेपाल र भारत समूह चरणको खेल खेलको थिए । उक्त  खेलमा नेपालले ३–२ को जित निकालेको थियो । 

यस्तै बुुधबार हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि त्रिपुुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल जाने भएका छन् । 

खेल हेर्नका लागि प्रधानमन्त्री सवा चार बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल पुग्नेछन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्