नेभिगेशन
सबै कुरा

सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो

काठमाडौँ । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा  दुई हजार तीन सयले घटेको छ ।

सोमबार प्रतितोला  एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४७ हजार सात सय निर्धारण भएको छ ।

Dish Home
Global Ime Bank

तेजाबी सुन प्रतितोला एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा रु ६० ले घटेको छ । सोमबार चाँदी प्रतितोला  एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि एक हजार सात सय २५ निर्धारण भएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation