नेभिगेशन
सबै कुरा

प्राविधिक समस्या देखिएपछि पोखरा उडेको बुद्धको जहाज काठमाडौँ फर्काइयो

काठमाडौँ । पोखराका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या आएपछि काठमाडौँ फर्काइएको छ । ‘नाइन एन एएमडी’ कलसाइन भएको उडान नं. ६५५ को जहाजलाई काठमाडौँ फकाइएको हो । 


Global Ime Bank

बुद्ध एअरका अनुसार जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किइएको हो । बुद्ध एअरले जहाज फर्केको जानकारी दिदै भनेको छ, ‘काठमाडौंबाट पोखरा उडान नं. ६५५, कल साईन नाइन एन एएमडी मा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं सुरक्षित अवतरण गरिएको छ । सो जहाजका यात्रुलाई अर्को जहाजबाट पोखरा पठाउन लागिएको छ ।’

याे जहाज सन् २००६ नोभेम्बरमा फ्रान्सको एयर क्यालिडोनिया एयरलाइन्स कम्पनीले पहिलोपटक खरिद गरेर सन्चालनमा ल्याएको थियो । यो विमान सन् २०१७ फेब्रुअरीमा नेपालको बुद्ध एयरले खरिद गरेको थियो । ७ वर्षदेखि नेपालमा उडिरहेको यो विमान १८ वर्षदेखि सञ्चालनमा छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation