नेभिगेशन
सबै कुरा

कक्षा १२ को नतिजा : १ लाख ८७ हजार २१ विद्यार्थी अनुतिर्ण

काठमाडाैँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजामा १ लाख ८७ हजार २१ विद्यार्थीले एनजी ल्याएका छन् । कक्षा १२ को वार्षिक परिक्षामा नियमित परिक्षार्थीका रुपमा सहभागी भएर सैद्धान्तिकतर्फ अन्य सबै विषयमा डी वा सोभन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा २ विषयमा एनजी पाएका वा २ विषयमा अनुपस्थित रहेका परिक्षार्थीहरुले मौका परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ । 

त्यस्तै परीक्षामा उपस्थित भएकामध्ये सबैभन्दा धेरैले २.८१ देखि ३.२० जीपीए अर्थात बि प्लस ग्रेड ल्याएका छन् । ९ हजार ५ सय ९१ परिक्षार्थीले ३.६१ देखि ४ जीपीए ल्याएका छन् भने, ४६ हजार ८ सय ९३  जनाले ए ग्रेड ल्याएका छन्। 

त्यस्तै ६१ हजार ३६ जना परिक्षार्थीले बी ग्रेड ल्गाएका छन् भने ८ हजार २ सय ४० विद्यार्थीले सी प्लस ग्रेड ल्याएका छन् । त्यस्तै सी ग्रेड ल्याउने विद्यार्थीको संख्या १२ रहेको छ । त्यस्तै बोर्डले एक सय २ जना विद्यार्थीको परिक्षा रद्द गरेको जनाएको छ । 

गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा ५ हजार ५ सय ४२ विद्यालयका नियमित तर्फ तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थीहरु सहभागी थिए । उक्त परिक्षामा ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० विद्यार्थी सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै