नेभिगेशन
सबै कुरा

महिला भलिबल : नेपालले श्रीलङ्कालाई हरायो

काठमाडाैँ । नेपालले काभा वुमन्स नेसन्स भलिबल लिगमा विजयी सुरुवात गरेको छ । 

बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेट नेपालले २५–१९ ले जितेको थियोे । त्यस्तै नेपालले दोश्रो सेट २५– १८ र तेश्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

नेपालका तर्फबाट सुमित्रा रेग्मी र आरती सुवेदीले डेब्यू गरेका थिए ।

प्रतियोगितामा नेपाल, इरान, भारत, श्रीलंका र माल्दिभ्स सहभागी छन् । राउन्ड रोविन‌ लिगपछि अंक तालिकाको‌ पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच साउन २२ गते सेमिफाइनल हुनेछ । फाइनल र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्