नेभिगेशन
सबै कुरा

मौद्रिक नीतिमार्फत अर्थतन्त्रलाई चलाउमान बनाउने प्रयास गर्न खोजिएको छ : बैंकर्स संघ

काठमाडाैँ । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिको कार्यान्वयनले यसले लिएको लक्ष्य स्पष्ट पार्ने बताएका छन् । 

शुक्रबार केन्द्रीय बैंकले मौद्रीक नीति सार्वजनिक गरेपछि संचारकर्मीसंग कुरा गर्दै केसीले नीतिमार्फत अर्थतन्त्रलाई चलाउमान बनाउने प्रयास गर्न खोजिएको भन्दै यसको कार्यान्वयनले मात्रै मौद्रीक नीतिको लक्ष्य स्पष्ट हुने बताएका हुन् । 

Dish Home
Global Ime Bank

अर्थतन्त्रमा देखिएका समस्यालाई समाधान गर्न सहयोग गर्ने गरि नै मौद्रिक नीति आएको उनको भनाइ छ । उनले बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई पनि मौद्रिक नीति मार्फत सम्बोधन गर्न खोजिएको जिकिर गरे । समग्र ऋणको प्रभिजनलाई १ दशमलव १ प्रतिशत झार्ने बिषय सरकारात्मक रहेको उनले बताए । 

उनले निर्माण क्षेत्रमा बैंकले लिएका नीतिले यस क्षेत्रमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation