नेभिगेशन
सबै कुरा

सुनकाे मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ । यसअघि २ दिनसम्म निरन्तर रेकर्ड बनाएको सुनको मूल्य दुई हजार रूपैयाँले बढेर रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४७ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो । 

Dish Home
Global Ime Bank

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैँयाले बढेर प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँ पुगेको हो । मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय ७५ रूपैयाँमा कारोबार भएको थियो। 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation