नेभिगेशन
सबै कुरा

बागमति खोलामा नुहाउन गएका एक बालक बेपत्ता, दुईको उद्धार

रौतहट ।  रौतअटको बागमती नदीमा नुहाउने क्रममा एक बालक बेपता भएका छन् ।  जिल्लाको  गढीमाई नगरपालिका–३ लक्ष्मीपुरका तीन जना बालक सोमबारको  चर्को गर्मी छल्न नजिकैको  लक्ष्मीपुर घाट स्थित बागमती नदीमा गएका थिए । 

नुहाउने क्रममा बगाएर  १० वर्षीय  सफर कवाडी बेपत्ता भएका छ्न भने ८ वर्षीय  हसर कवाडीको सकुशल उद्धार भएको छ । भने १३ वर्षीय सैदुला कवाडी घाइते भएका छन् । सैदुलको गरुडा स्थित रोमा अस्पतालमा उपचार भइरहेको शसस्त्र प्रहरी बल नेपाल ११ नम्बर गण हेड्क्वार्टर रौतहटले जनाएको  छ  । 

बेपत्ताको  खोजीमा सशस्त्र प्रहरी निरीक्षक भुवन घिमिरेको कमाण्डमा ३० जनाको टोली बागमती नदिमा परिचालन गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation