नेभिगेशन
सबै कुरा

बारामा यात्रुबाहक बस दुर्घटना, १३ जना घाइते

बारा । बारामा आज भएको यात्रुबाहक बस दुर्घटनामा परेर १३ जना घाइते भएका छन ।  दुर्घटनामा परी गम्भिर घाइते भएका २ जनालाई उपचारका लागि सिमरा अस्पताल पठाइएको छ । 

जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै यात्रुवाहक बस अनियन्त्रित हुँदा भएको सवारी दुर्घटनामा परी १३ जना घाइते भएको हुन् । उनीहरु सबैको सकुशल उद्धार गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।

मलंगवाबाट बिरगंजतर्फ जादै गरेको ना ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना भएको शसस्त्र प्रहरी बल २ नम्बर बाहिनी हेड्क्वार्टर ,महोत्तरीका एसपी शशी पाण्डेले जानकारी दिए । उक्त गाडीमा ३१ जना यात्रुहरु सवार थिए ।

दुर्घटना घाइते भएकाहरुको उद्धारका लागि शसस्त्र प्रहरीको ४० नम्बर रिजर्भ गण बाराबाट सुरक्षा फौज खटिएको थियो । गम्भिर घाइते भएकाहरुलाई तत्काल उनीहरुकै गाडीमा राखेर अस्पताल पुर्याइएको र थपलाई एम्बुलेन्समार्फत अस्पताल पुर्याइएको एसपी पाण्डेले सिधाकुरालाई जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation