नेभिगेशन
सबै कुरा

बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको हो । 

नयाँ मूल्य अनुसार काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १६७ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १५७ रुपैयाँ प्रतिलिटर पुगेको छ । 

Dish Home
Global Ime Bank

त्यस्तै सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६६ रुपैयाँमा विक्रि गर्न पाइने छ भने डिजेल र मट्टितेल प्रतिलिटर १५६ रुपैयाँमा विक्रि गर्न पाइने छ । 

यता चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको नयाँ मूल्य १६४ रुपौयाँ प्रतिलिटर तोकिएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५६ रुपैयाँ तोकिएको छ । 

निगमले हवाई इन्धन तथा खाना पकाउने एल.पी. ग्यासकाे मूल्य भने यथावत् राखेकाे छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै