नेभिगेशन
समाज

नेपाली रक्तदाता संघ यूएईद्वारा बृहत रक्तदान कार्यक्रम सफलताका साथ सम्पन्न

काठमाडाैँ । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएईले  बृहत रक्तदान कार्यक्रम सफलतका साथ सम्पन्न गरेकाे छ । १७ जुन २०२४ सोमबारको दिन दुबई हेल्थ अथोरोटीसँगको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

युएईको दुबई शहरस्थित Dubai Health Authority Head Quarter, Al Jaddaf मा आयाेजना गरिएको बृहत रक्तदान कार्यक्रममा १३८ जनाले रक्तदान गरेको अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघका कार्यसमिति सदस्य तथा नेपाली रक्तदाता संघ युएईका संरक्षक सुनिलराज श्रेष्ठले बताए । 

Dish Home
Global Ime Bank

युएईको स्वास्थ्य क्षेत्रमा काम गर्दै आएका जगन अधिकारीद्वारा  समन्वय गरिएको उक्त बृहत रक्तदान कार्यक्रममा नेपाली राजदुतावास यूएईका श्रम काउन्सेलर दिनबन्धु सुबेदी, दुतावासका कार्यालय सहयोगी हरेराम आचार्य,  विभिन्न पेसामा कार्यरत नेपाली समुदाएका ब्यक्तिहरु, नेपाली रक्तदाता संघ यूएईका कार्यसमिति सदस्यहरु, सल्लाहकार तथा संरक्षकहरु, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रि स्तरका सामाजिक संस्था एवमं वैचारिक संघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुले रक्तदान गरेका थिए । 

कार्यक्रमका संयोजक समेत रहेका अधिकारीले कार्यब्यस्तताको बाबजुत पनि समय निकालेर उत्साहजनक उपस्थिती जनाएर रक्तदान कार्यक्रम सफल बनाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने  ब्यक्तित्वहरु प्रती धन्यबाद ब्यक्त गरेका छन् । उनले भने 'अहिलेको यो उपस्थितिले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रम गर्न हौसला प्रदान गरेको छ ।'

रक्तदान गर्दै नेपाली राजदुतावास यूएईका श्रम काउन्सेलर दिनबन्धु सुबेदीले नेपाली समुदायद्वारा आयोजना गरिएको अन्य कार्यक्रम भन्दा फरक किसिमको यो रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गर्न पाउदा अत्यन्तै खुशी भएको र आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुका लागि आवश्य सहयोग र समन्वय गर्नका निम्ती दुतावास सदैव तयार रहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

गणतन्त्र पक्षधर शक्ति एकठाउँमा उभिनुपर्नेमा देउवा, ओली र प्रचण्डको एकमत 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पुर्‍याउनेप्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र...
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: प्रचण्ड

नेवाः राष्ट्रिय मुक्तिमोर्चाद्वारा आज काठमाडौँको वसन्तपुरमा आयोजित खबरदारीसभामा उनले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताए। नेपालको लोकतान्त्रिक आन्दोलनलगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले...
२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

२०८२ साल जेठ १५ गते गणतन्त्रको अन्त्य हुन्छः जगमान गुरुङ

गुरुङले देशमा जेठको १५ गते गणतन्त्रको घोषणा भएकाले २०८२ साल जेठको १५ गते नै गणतन्त्रको अन्त्य हुने दावी गरेका हुन् ।
विद्यालयका प्रधानाध्यापक मृत भेटिए

विद्यालयका प्रधानाध्यापक मृत भेटिए

शुक्रबार बेलुका नजिकैको बेलुपाटा बजारमा गएका शाही शनिबार बिहान पनि घर नर्फिएपछि परिवारले प्रहरीलाई खबर गरेको थिए । स्थानीय र प्रहरीले खोजी गर्दा बेलुपाटा बजार नजिकै मृत अवस्थामा...