नेभिगेशन
खेलका कुरा

कराँतेको ५३ केजी तौल समूहमा धादिङकी समिक्षा ढुंगाना ८ औं साफका लागि छनोट

काठमाडौँ । कराँतेको ५३ केजी तौल समूहमा धादिङकी समिक्षा ढुंगाना ८ औं साफका लागि छनोट भएकी छिन् ।  धादिङको नीलकण्ठ ५ खाल्टेकी समिक्षा ढुङ्गाना भुटानमा हुने ८ औं दक्षिण एशियाली कराँते प्रतियोगिताका लागि नेपालबाट छनोट भएकी हुन् । 

बागमती प्रदेश स्तरीय प्रतियोगिता जित्दै राष्ट्रिय छनोट प्रतियोगिताको समेत फाइनलमा लुम्बिनी प्रदेशलाई पराजित गर्दै बागमती प्रदेशबाट धादिङकी समिक्षा ५३ केजी तौल समुहबाट दक्षिण एशियाली प्रतियोगिताको लागि छनोट भएकी हुन् । बागमती प्रदेश स्तरीय ५३ केजी तौल समूहको छनोट चरणमा ढुङ्गानाले गोल्ड मेडल जित्दै छनौट भएकी हुन् ।  बागमती प्रदेशले आयोजना गरेको अन्तर प्रदेश राष्ट्रिय खेलकुद २०८० मा पनि उनी धादिङबाट छनोट भएकी थिइन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्