नेभिगेशन
सबै कुरा

विवादकै बिच सडक विभागले पिच गर्यो महानगरले भत्काएको न्युरोडको बाटो

काठमाडौँ । काठमाडौँको न्यूरोडमा काठमाडौँ महानगरपालिकाले फुटपाथ विस्तारका लागि भत्काएको सडक किनारा सडक विभागले पीच गरेको छ। सोमबार बिहान सडक विभागको टोली न्यूरोड पुगेर महानगरले भत्काएको सडक किनारामा ग्राभेल भर्ने, कालोपत्रे हालेको हो । 

सो क्रममा सडक विभागका कर्मचाी, महानगर प्रहरी र अन्य व्यक्तिहरुबीच केही विवाद भएको थियो । 

Dish Home
Global Ime Bank

काठमाडौँ महानगरपालिकाले फुटपाथ मापदण्ड भन्दा कम भएको भन्दै मुख्य सडकको किनारा काटेर फुटपाथ विस्तार गर्न लागेको थियो । साथै महानगरपालिकाले यसअघिनै सडक विभागलाई पत्र काटेर फुटपाथ विस्तारका विषयमा जवाफ मागेपनि सडक विभागले कुनै जवाफ नदिएको महानगरको मेयर बालेन्द्र साह बालेनले नगर समितिको बैठकमा बताएका थिए । 

साथै दैनिक एक लाख पैदल यात्रु हिड्ने फुटपाथ मापदण्ड अनुरुप नभएको भन्दै मापदण्ड अनुसारको फुटपाथ बनाउनका सडक काटिएको जवाफ दिएको थिए । 

त्यसपछि गत शुक्रबार विभागले बालेनसँग जवाफ माग्दै कानुनी प्रक्रियामा जाने बताएको थियो । तर आज भने विभागले भत्काएको सडक पुरेको हो । 




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation