नेभिगेशन
सबै कुरा

क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले दिएन भिसा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्विकार गरेको छ । अमेरिकाले भिसा नदिएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी–२० विश्वकपको लागि अमेरिकी दुतावासले आफूलाई भिसा दिन अस्विकार गरेको उल्लेख गरेका छन् । यसअघि २०१९ मा पनि अमेरिकी दुतावासले भिसा प्रक्रियामा दुख दिएको उल्लेख गरेका छन् । 

जेठ २ गते उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएको थियो। उच्चले सफाई दिएसँगै क्यानले उनको निलम्बन फुकुवा गरेपछि उनी विश्वकप खेल्न जान पाउने भएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्