नेभिगेशन
सबै कुरा

सुनको मूल्य तोलामा १२ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा एक हजार दुई सयले ओरालो लागेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ४१ हजार आठ सयमा कारोबार भएकामा आजका लागि एक लाख ४० हजार छ सय निर्धारण गरिएको छ । 

Dish Home
Global Ime Bank

यस्तै तेजाबी सुन सोमबार तोलामा एक लाख ४१ हजार एक सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ३९ हजार नौ सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । 

चाँदीको मूल्य पनि तोलामा ५५ ले घटेको छ । सोमबार प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएकामा आज चाँदीको मूल्य एक हजार आठ सय ८५ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation