नेभिगेशन
सबै कुरा

स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियममा ७ सय पुगे सदस्य

बेल्जियम । स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमले आफ्नो प्रथम स्थापना दिवस मनाएको छ । २० मे का दिन बेल्जियमको औडनार्दमा रहेको शिव मन्दिरमा एक भव्य कार्यक्रम गरिएको सम्पर्क मञ्चले जनाएको छ । 

कार्यक्रमका प्रमुख अतिथि श्रममन्त्री अर्यालले सरकारले नतिजा निकाल्ने गरी काम गरिरहेको बताएका थिए । त्यसैगरी प्रवास कमिटीका सचिव पदमराज पन्थीले रास्वपा माथि नेपाली कांग्रेसले राजनैतिक दादागिरी गरेको र  अध्यक्ष रवि लामिछाने माथि नचाहिँदो र गलत आरोप लगाएको धारणा राखेका थिए ।

Dish Home
Global Ime Bank

साथै युरोप हेर्ने प्रमुख तोया राज अधिकारीले बेल्जियमको स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्चले राम्रो काम गरेको र भविष्यमा अझै राम्रा काम, संगठन विस्तार लगायत मिसन ८४ का लागि हरसम्भव सहयोग गर्नका लागि बढ्ने बताए । 

कार्यक्रममा सचिव डा। गोकर्ण पाण्डेयले आफ्नो एक वर्षे प्रतिवेदन पनि प्रस्तुत गरेका थिए । प्रतिवेदनअनुसार स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमको पहिलो वर्ष धेरै उपलब्धि पूर्ण रहेको र बेल्जियमवासी नेपालीहरूको साथ र समर्थनले गर्दा  बेल्जियममा ७०० भन्दा बढी सदस्य तथा समर्थकहरू स्वतन्त्र प्रवास नेपाली सम्पर्क मञ्च बेल्जियमसँग जोडिएको, ३ वटा शहरमा शाखा समिति गठन भैसकेका तथा अन्य ५ वटा शहरमा शाखा समिति गठन गर्न अन्तिम चरणमा पुगेको उल्लेख छ । पहिलो वर्षको अन्तरालमा मञ्च नेपालीहरूको दुखमा साथ दिदैँ विभिन्न कार्यका लागि करिब १३ लाखको आर्थिक सहयोग जुटाएको पनि प्रतिवेदनमा उल्लेख छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation