नेभिगेशन
सबै कुरा

र्‍यापर रेडक्यापको ‘लेभलको गाना’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । र्‍यापर गौरव पौडेल रेडक्यापले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नो जन्मदिनको अवसर पारेर पौडेलले आफ्नै आधिकारिक युट्युब च्यानल ‘रेडक्याप म्युजिक’मार्फत  ‘लेभलको गाना’ रिलिज गरेका हुन् ।

यसअघि करिब आधा दर्जन गीत सार्वजनिक गरिसकेका पौडेलले आइतबार २ मिनेट ५४ सेकेन्डको गीत सार्वजनिक गरेका हुन् । शब्द, कम्पोज र स्वर आफ्नै राखेर र्‍याप सार्वजनिक गरेका उनले यस विधामा सकै कुरा खुलेर राख्न पाउने बताउँछन् । ‘खुलेर सबै कुरा राख्न पाउनुपर्छ भन्ने मेरा पुरानै मान्यता हो । स्वभाव पनि त्यस्तै छ ।’, र्‍यापर पौडेलले भने, ‘यो विधा (र्‍याप) मा पनि त्यहि कुरा लागू हुने भएका कारण जन्मदिनमा थप खुल्न चाहेको हुँ ।’

पर्वत घर भएका र्‍यापर पौडेल सञ्चारकर्मीसमेत हुन् । सानैदेखि साहित्यिक क्षेत्रमा रुची राख्ने पौडेल काठमाडौँ आएर संघर्ष गर्दै आफ्नै गाथालाई गीतमा प्रस्तुत गर्नेदेखि देशका वेथितिबारे उजागार गर्दै आएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation