नेभिगेशन
सबै कुरा

सुन मूल्यले ताेड्याे रेकर्ड

सुन र चाँदीको मूल्यमा पुन रेकर्ड बनेको छ । सुनको मूल्यमा १६ सय रुपैयाँ बढेर नयाँ रेकर्ड बनेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य एक लाख ४० हजार रुपैयाँ पुगेको छ । बुधबार छापावाल सुनको मूल्य एक लाख ३८ हजार ४ सय रुपैँया थियो ।

Dish Home
Global Ime Bank

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार ३०० रूपैयाँ रहेको छ ।

बिहिबार सुनको मात्र हैन, चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ । चाँदीको मूल्यमा प्रतितोला ६० रुपैँया बढेर १ हजार ८ सय ५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation