नेभिगेशन
सबै कुरा

सन्दीपको प्रतिक्रिया : नभएको अपराधको दोषी करार गरिएको थियो

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरी अघि बढ्ने प्रतिक्रिया दिएका छन् । उच्च अदालत पाटनले उनलाई बलात्कार मुद्दामा सफाइ दिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै फैसलाको सम्मान गर्ने प्रतिक्रिया दिएका हुन् । 

उनले आफूलाई फसाइएको र जवरजस्ती दोषी करार गरिएको समेत बताएका छन् । ‘मैले अफूलाई पहिलेदेखि नै निर्दोष छु भन्दै आएको थिएँ । फसाएर नभएको अपराधको दोषी करार गरिएको थियो । फाइनल्ली यहाँ आइपुगेका छौं ।’ सन्दीपले भने । 

उनले आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्