नेभिगेशन
सबै कुरा

सुन तोलामा आठ सयले घट्यो

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ३५ हजार छ सय निर्धारण भएको छ । 

त्यस्तै, तेजाबी सुन बुधबार तोलामा एक लाख ३५ हजार सात सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । 

Dish Home
Global Ime Bank

चाँदीको मूल्य तोलामा १० ले वृद्धि भएको छ । बुधबार तोलामा रु एक हजार छ सय ७५ मा कारोबार भएकामा चाँदी आजका लागि रु एक हजार छ सय ८५ निर्धारण भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation