नेभिगेशन
सबै कुरा

सुनको मूल्य तोलामा दुई हजारले वृद्धि

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई हजारले वृद्धि भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा रु एक लाख ३४ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ३६ हजार पाँच सय निर्धारण भएको छ ।

Dish Home
Global Ime Bank

यस्तै बुधबार रु एक लाख ३३ हजार आठ सय ५० मा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ३५ हजार आठ सय ५० निर्धारण भएको छ । चाँदीको मूल्य तोलामा रु १५ ले वृद्धि भएको छ । बुधबार प्रतितोला रु एक हजार छ सय ३० मा कारोबार भएको चाँदी बिहीबारका लागि भने रु एक हजार छ सय ४५ निर्धारण भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation