नेभिगेशन
सबै कुरा

बझाङ उपनिर्वाचन : मतगणना सुरु

बझाङ । बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार सर्वदलीय बैठकले आचारसंहितामा तयार गरेसँगै मतगणना सुरु भएको हो । छविसपाथिभेरा गाउँपालिकाबाट मतगणना सुरू भएको हो । सुरुवाती समयमा छविसपाथिभेरा गाउँपालिका १ र २ को मतगणना भइरहेको छ ।

Dish Home
Global Ime Bank

दुई ठाउँमा मतगणना गर्ने तयारी भएकोउनले बताए । शनिबार भएको उपनिर्वाचनमा यहाँ ४९.१२ प्रतिशत अर्थात् ३० हजार ३२८ मत खसेको थियो ।

यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation