नेभिगेशन
सबै कुरा

रौतहटमा पछिल्लो १ बर्षमा सवारी दुर्घटनामा परी ४१ को मृत्यु

रौतहट । रौतहटमा १ बर्षको समयमा  सवारी दुर्घटनामा परेर  ४१ जनाको मृत्यु भएको छ । अघिल्लो आर्थीक बर्षको तुलनामा जिल्लामा सवारी दुर्घटनासँगै मृत्यु हुनेको सङ्ख्यामा कमी आएको तथ्यांकमा उल्लेख छ ।  जिल्लाको बिभिन्न स्थानमा भएका ४९६ सवारी दुर्घटनामा परेर महिला, पुरुष, बालबालिका गरी ४१ जनाको मृत्यु हुनुका साथै ७८५ जना घाईते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख,प्रहरी निरीक्षक  सुशील आचार्यले जानकारी दिए । अघिल्लो आर्थिक वर्षको तुलनामा सवारी दुर्घटना र मृतकको संख्यामा समेत कमी आएको छ। अघिल्लो आर्थिक वर्षमा रौतहटमा ६४५ सवारी दुर्घटनामा परेर ५० जनाको मृत्यु भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार  गत आर्थिक वर्ष २०८०र८१ मा  ४१ को मृत्यु भएको र  नियम बिपरित चलेका झण्डै १७ हजार सवारी साधन कारवाहीमा परेका छ्न । नियम विपरित चलाईएका सवारीसाधनको कारबाहीबाट १ करोड ५० लाखभन्दा बढी  राजश्व संकलन भएको छ ।  

गत साउन देखि यही बैशाख १० गतेसम्म नियम बिपरित चलेका १६ हजार ९९१ सवारी साधन लाई गरिएको कारबाही बाट कुल १ करोड ५६ लाख,६३ हजार रुपैयाँ राजश्व संकलन गरिएको प्रहरी निरीक्षक  आचार्यले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation