नेभिगेशन
सबै कुरा

उदयपुरमा प्रशासनको बजार अनुगमन, २ पसललाई कारबाही

उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमन गरेको छ ।  म्याद गुज्रेका सामग्री,अवैध समान, पसलहरू मापदण्ड अनुसार संचालन भए नभएको परीक्षण गर्न अनुगमन गरेको हो । 

प्रशासनको टोलीले बुधबार र बिहीबार  उदयपुरको कटारी र घुर्मि बजारका  विभिन्न स्थानका ३९ ओटा पसल अनुगमन गरेकोमा  २ ओटालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा श्रवण किराना जनरल स्टोर कटारी र राहुल जनरल स्टोर घुर्मी लाई  ५/५ हजार जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका स्थानीय प्रशासन शाखा प्रमुख विमल कुमार रानाले जानकारी दिए।

Dish Home
Global Ime Bank

अन्य पसललाई भने तत्काल सुधार गर्न निर्देशन दिँदै सचेत गराईएको रानाले बताए ।अनुगमनको क्रममा खाद्यान्न पसलको अनुगमन गरिएको हो । 

अनुगमनको क्रममा म्याद गुज्रेका ५६ हजार बराबरको सामग्री नष्ट गरेको प्रशासन कार्यालयले जानकारी दिएको छ। त्यसै गरी २ सय केजी मैदाका प्याकेटमा म्याद सकिने मिति हटाएर आफैले लेखिएको समेत पाइएको थियो । २८ कार्टुन अवैध मदिरा जफत गरी सिल समेत गरिएको छ। प्रशासनको संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय उदयपुर, ईलाका प्रशासन कार्यालय कटारी ,घरेलु कार्यालय ,करदाता ,खाद्य तथा गुण नियन्त्रक,नगरपालिका, ईलाका प्रहरी कार्यालय कटारी र उधोग बाणिज्य संघ कटारीको समेत सहभागितामा बजार अनुगमन गरिएको हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation