नेभिगेशन
सबै कुरा

तोलामा एक हजार सात सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातु (सुन)को मूल्य आज प्रतितोला  एक हजार सात सयले उकालो लागेर कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि हालसम्मकै उच्च विन्दुमा पुगेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन सोमबारको तुलनामा एक हजार सातले उकालो लागेर एक लाख ३९ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन आज प्रतितोला एक लाख ३८ हजार पाँच सय ५० निर्धारण भएको छ । 

Dish Home
Global Ime Bank

त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु एक हजार सात सय ५० निर्धारण भएको महासङ्घले जनाएको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation