नेभिगेशन
सबै कुरा

शिलान्यास भएको ४ वर्षपछि ‘ब्रेक थ्रु’ हुँदै नागढुंगा–सिस्ने खोला सुरुङमार्ग

काठमाडाैँ । नेपालको पहिलो सुरुङमार्ग नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार ‘ब्रेक थ्रु’ हुने भएको छ । काठमाडौँ उपत्यका भित्रिने मुख्य सडकको रुपमा रहेको सुरुङमार्ग ‘ब्रेक थ्रु’ हुनलागेको हो।

धादिङ जिल्लाको सिस्ने खोलाबाट काठमाडौँको बलम्बु जोड्नेगरी निर्माण भएको उक्त सुरुङको सोमबार दिउँसो १२ बजे औपचारिक  ‘ब्रेक थ्रु’ हुने भएको हो । 

२.६ किमि लम्बाइ रहेको उक्त सुरुङमार्ग एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा निर्माण भएको हो । २२ अर्ब रुपैँयामा ठेक्का सम्झौता भएको यो सुरुङमार्गमा जाइकाको करिब १६ अर्ब ऋण छ भने बाँकी नेपालको आन्तरिक लगानी रहेको छ । 

२०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको उक्त सुरुङमार्ग निर्माण सम्पन्न भएसँगै नागढुंगाको अत्यासलाग्दो जाममा बस्नुपर्ने बाध्यताबाट नागरिकले मुक्ति पाउने छन् । हालका लागि ब्रेक  थ्रु भएपनि काम सकिन अझै एक वर्ष लाग्ने निर्माण कम्पनीले जनाएको छ । 

जापानी कम्पनी हाजमा अन्दो कर्पोरेसनले निर्माण गरिरहेको उक्त सुरुङमार्गले करिब ५ किलोमिटरको दुरी छोट्याउने छ । सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौँको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्ने खोला पुगिने निर्माण कम्पनीको दाबी छ । 

नेपालमा यसअघि जलविद्युत् उत्पादन तथा सिंचाई प्रयोजनका लागि विभिन्न स्थानमा ससाना सुरुङको निर्माण भइसकेको भएपनि सडकमार्गका रुपमा प्रयोगमा आउन लागेको यो सुरुङमार्ग पहिलो सुरुङमार्ग हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्