नेभिगेशन
सबै कुरा

नाउपाकी सांसद इन्दिरा गिरीलाई पदमुक्त नगर्न सर्वोच्चको आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई गरिएको कारबाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आइतबार गिरीलाई प्रदेशसभा सदस्यको हैसियतमा काम कारबाही गर्न रोक नलगाउन अन्तरिम आदेश दिएको हो । 

समानुपातिक कोटाबाट सांसद बनेकी गिरीलाई गत सोमबार नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि सभामुखले उनलाई पदमुक्त गरेको सूचना टाँसेका थिए ।

रञ्जिताको निर्णयविरुद्ध गिरीले दायर गरेको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश राउतको इजलासले उक्त कारबाही कार्यान्वयन नगर्न आदेश जारी गरेको हो । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation