नेभिगेशन
सबै कुरा

हावाहुरीले केरा खेतीमा लाखौँको क्षती

रौतहत । रौतहटको चन्द्रपुर नगरपालिका–३ गैडाटारका किसान यतिबेला चिन्तित छन् । गयराती आएको हावाहुरीले केराको बोटमा ठूलो मात्रामा क्षती पुर्याएपछी उनीहरु चिन्तित बनेका हुन् ।

हावाहुरीले स्थानीय केशव दाहाल, बहादुर कार्की, भेष बहादुर भण्डारी, ज्ञान बहादुर पुलामी लगायत धेरै किसानले लगाएको केराखेती नष्ट गरेको हो । जसबाट करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको स्थानीय जीवन कटुवालले  सिधाकुरालाई बताए। 

केराको बजार राम्रो रहेको अवस्थामा  हावाहुरीले क्षती पुर्याएपछी कसरी लगानी उठाउने भन्‍ने चिन्तामा आफुहरु रहेको किसान केशब दाहालको भनाइ छ । ‘ऋण लिएर खेती गरेका गैँडाटारका हामी किसानको सपना हावाहुरीले सखाप बनाइदिएको छ ।’, स्थानीय केशब दाहाल बताउँछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation