नेभिगेशन
सबै कुरा

हरेक कालखण्डका भ्रष्टाचारको अनुसन्धानका गर्न स्वतन्त्ररुपमा उच्चस्तरीय आयोग गठन गर्नुपर्छ : गृहमन्त्री लामिछाने

जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले हरेक कालखण्डका भ्रष्टाचारको अनुसन्धानका लागि स्वतन्त्ररुपमा उच्चस्तरीय आयोग गठन गर्नुपर्ने बताएका छन् । जनकपुरधाममा बुधबार प्रदेशस्तरीय सुरक्षा गोष्ठी समापनपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै गृहमन्त्री लामिछानेले कुनैपनि कालखण्डमा भएका हरेक भ्रष्टाचारको फाइल खोल्नुपर्ने बताएका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेमाथि सहकारी प्रकरणको आरोप लगाएर राजीनामा दिनुपर्ने माग गर्दै अवरोध गरेपछि गृहमन्त्री लामिछानेले विगतमा भएका विभिन्न भ्रष्टाचारहरुको समेत फाइल खोल्नुपर्ने बताएका हु्न् । उनले कांग्रेसलाई संसदमा अवरोध नगरी प्रतिपक्षमा रहेर जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्न आग्रह गरे ।

Dish Home
Global Ime Bank

त्यस्तै उनले प्रहरी समायोजनलाई मूर्त रुप प्रदान गर्नका लागि छलफललाई तीव्रता दिइएको बताएका छन् । ‘प्रहरी समायोजनलाई पूर्णता प्रदान गर्नका लागि गम्भिर भएर छलफललाई तीव्रता दिइएको छ ।’, लामिछानेले भने । 

प्रहरी समायोजनले पूर्णता पाउन केही समय लागेपनि त्रुटीबिना समायोजन गरिने उनले प्रतिबद्धता व्यक्त गरे । ‘प्रहरी समायोजनको विषय ड्राफ्टमा आइसकेको छ, त्यसलाई अल्मलाउने कुरै भएन’, गृहमन्त्री लामिछानेले भने ‘समायोजनको विषयमा थुप्रै काम गर्न बाँकी छ, केही समय लाग्ला तर त्यस विषयमा सरकार गम्भिर छ ।’ 

त्यस्तै प्रहरी समायोजनको विषयमा डुब्लिकेशन, चेन अफ कमाण्ड, वृति विकास लगायतका थुप्रै विषयमा छलफल गर्न बाँकी रहेको उनले बताए  । प्रहरी समायोजनकै विषयलाई लिएर प्रदेशका गृहमन्त्रीहरुसँग दुई चरणको छलफल समेत भई सकेको उनले बताए । यद्यपि यकिन गरेर अहिले पनि प्रहरी समायोजन कहिले हुन्छ भन्ने विषयमा भन्न नसकिने उनको भनाई थियो । 

गृहमन्त्री लामिछानेले प्रादेशिक सुरक्षा गोष्ठीमा प्रदेशका ८ वटै जिल्लामा देखिएका समस्याहरुको पहिचान, ती समस्याहरुको समाधानको खोजी, शान्ति सुरक्षा, राजश्व संकलन लगायतको विषयमा छलफल भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation