नेभिगेशन
सबै कुरा

आजपनि बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु पाँच सयले बढेको छ । 

मङ्गलबार प्रतितोला रु एक लाख ३६ हजार तीन सयमा कारोबार भएको छापावाल सुन आजका लागि भने रु एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ । 

Global Ime Bank

त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा रु १५ ले बढेर एक हजार  सात सय कायम भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation