नेभिगेशन
सबै कुरा

दैनिकजसो रेकर्ड बनाउँदै सुनको मूल्य, आजपनि बनायो नयाँ रेकर्ड

काठमाडाैँ । दैनिकजसो नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्यले बिहिबार पनि नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्यमा प्रतितोला एक हजारले बढेर नयाँ रेकर्ड बनाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको हो। महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३४ हजार कायम भएको छ। बुधबार छापावाल सुन प्रतितोला रु एक लाख ३३ हजारमा कारोबार भएको थियो । 

Dish Home
Global Ime Bank

त्यस्तै बुधबार एक लाख ३२ हजार तीन सय ५० मा कारोबार भएको तेजावी सुनको मूल्य आज एक लाख ३३ हजार तीन सय ५० रुपैयाँ कायम भएको छ । 

त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैँयाले वृद्धि भएको छ  । बुधबार प्रतितोला एक हजार छ सय १० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज एक हजार छ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। 

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, किन बढ्दैछ मूल्य ?

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation