नेभिगेशन
सबै कुरा

सुनचाँदीकै मूल्यले बनायो नयाँ रेकर्ड, सुनको मूल्य एक लाख ३३ हजार कायम

काठमाडाैँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सुनको मूल्य बुधबार प्रतितोला १ हजार ८ सय रुपैयाँले वृद्धि भएर रेकर्ड कायम भएको हो । मंगलबार सामान्य घटेको सुनको मूल्यले रेकर्ड बनाएको हो । 

महासंघका अनुसार बुधबार छावावाल सुनको मूल्य प्रतितोला एक लाख ३३ हजार रुपैयाँ पुगेको छ। त्यस्तै तेजाबी सुनको मूल्य पनि बढेर १ लाख ३२ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

Dish Home
Global Ime Bank

साथै, बुधबार चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेर १६ सय १० रुपैयाँमा कारोबार भएको हो ।

यसअघि आइतबार सुनको मूल्य १ लाख ३० हजार पुगेर रेकर्ड बनाएको थियो । उक्त रेकर्ड सोमबार १ लाख ३१ हजार ६ सय रुपैयाँ पुगेको थियो । उक्त मूल्यमा मंगलबार ४ सयले घटेर १ लाख ३१ हजार २ सयमा झरे पनि बुधबार फेरि १८ सयले बढेर नयाँ रेकर्ड बनाएको हो ।  


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation