नेभिगेशन
सबै कुरा

सुनको मूल्य पुनः उच्च बिन्दुमा, एक तोलाको गहना बनाउन एक लाख ५० हजार हाराहारी लागत

काठमाडौँ । सोमबार सुनको मूल्य पुनः उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामै एक हजार ६ सय रुपैयाँले बढेको छ । शुक्रबार पनि हालसम्मकै उच्च बन्दूमा कारोबार भएको सुनको भाउ आइतबार भने एक लाख ३० हजार रुपैयाँ प्रतितोलामा स्थिर थियो । 

तर, सोमबार बढेर छापावल सुनको मूल्य तोलामै एक लाख ३१ हजार ६ सय रुपैयाँ कायम भएको छ । तेजावी सुनको मूल्य एक लाख ३० हजार ९५० र चाँदीको मूल्य एक हजार ५ सय ३५ रुपैयाँ कायम भएको छ । 

Dish Home
Global Ime Bank


आइतबार एक लाख ३० हजार रुपैयाँमा छापावल सुन, एक लाख २९ हजार ४ सय रुपौयाँमा तेजावी सुन र १५ सय २५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको हो । 

काँचो सुनको गहना बनाउन प्रतितोला तेजावी सुनमा १८ हजार र तेजावी सुनमा २१ हजार ५ सय रुपैयाँ ज्याला र जर्ति लागने भएकाले एक तोला सुनको गहना बनाउन अब लागत एक लाख १५० रुपैयाँ हाराहारी पुग्ने भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation