नेभिगेशन
सबै कुरा

लिटरमै ४ रुपैयाँले बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको  छ । आइतबार बसेकाे निगम व्यवस्थापन बैठकले पेट्रोलको मूल्य लिटरमै ४ रुपैयाँले बृद्धि गरेको हो । अन्य पेट्राेलियम पदार्थको मूल्य भने यथावत रहेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । 

नयाँ मूल्य अनुसार काठमाडौं उपत्यका, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७५ रुपैयाँ प्रतिलिटर पुगेको छ । त्यस्तै सुर्खेत र दाङमा १७४ रुपैयाँ र झापा, मोरङ, धनुषा, बारा, भैरहवा, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको नयाँ मूल्य १७२ रुपैयाँ ५० पैसा कायम भएको छ । 

Dish Home
Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation