नेभिगेशन
सबै कुरा

विद्यालयका जग्गा अतिक्रमणको गुनासो आएपछि २१ दिनभित्र विवरण बुझाउन शिक्षामन्त्रीको पत्राचार

काठमाडाैँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ जिल्लाकै सार्वजनिक तथा सामुदायिक विद्यालयहरूको भौतिक विवरण पठाउन विद्यालयहरुलाई पत्राचार गरेको छ।  

स्थानीय तहको सहयोग र समन्वयमा सामुदायिक विद्यालयको नाम, ठेगाना, जग्गाको कित्ता नम्बर र क्षेत्रफल, विद्यालयको नाममा दर्ता भए नभएको विवरण तथा जग्गाको प्रयोगको अवस्थासहित लालपुर्जा, फिल्ड बुक र नक्सासमेतको विवरण २१ दिनभित्र मन्त्रालयमा पठाउन पत्राचार गरिएको मन्त्रालय स्रोतले जनाएको छ।

Dish Home
Global Ime Bank

विद्यालयका जग्गा अतिक्रमणमा परेको, सार्वजनिक विद्यालयका जग्गा विभिन्न पक्षले हडपेको र पहुँचवालाहरुले दुरुपयोग गरिरहेको लगायतको गुनासो प्राप्त गरेपछि शिक्षा मन्त्री सुमना श्रेष्ठले देशभरीका विद्यालयको जग्गा विवरण मागेकी थिइन्।  

मन्त्रालयको तथ्याङ्क प्रणालीमा विद्यालयको भौतिक विवरण पूर्ण रूपमा समावेश नभएका कारण शैक्षिक नीति, योजना, कार्यक्रम र बजेट प्रणालीमा समस्या देखिएकाले विवरण तत्काल संकलन गर्न शिक्षा मन्त्री सुमना श्रेष्ठले निर्देशन दिएकि थिइन्।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको IEMIS अनलाईन प्रणाली सुदृढीकरण गरी विवरण थप व्यवस्थित बनाउने कार्य भइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation