नेभिगेशन
सबै कुरा

अब त्रिभुवन विश्वविद्यालयले अंग्रेजी र नेपाली दुबै भाषामा प्रश्न सोध्ने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको वार्षिक परीक्षामा अब नेपालीमा पनि प्रश्न सोध्ने भएको छ । यसअघि अंग्रेजी भाषामा मात्र प्रश्न सोधिदै आएकोमा अब अंग्रेजी र नेपाली भाषा दुबैमा प्रश्न सोधिने भएको हो । 

विश्वविद्यालयले सूचना जारी गर्दै चैत १५ मा बसेको त्रिवि प्राज्ञिक परिषद स्थायी समितिको बैठकले स्नातक तह प्रथम वर्षको आगामी परीक्षादेखि यो लागू गर्ने र आगामी दिनमा दोस्रो, तेस्रो र चाैथाे तहमा पनि लागू गर्ने निर्णय भएको जनाएको छ । 

Dish Home
Global Ime Bank

विश्वविद्यालयले अंग्रेजीमा मात्र प्रश्न सोध्दा प्रश्न नबुझ्ने समस्या आएको र जानेको विषयमा लेख्न नसकिएको गुनासो बिद्यार्थीहरुले गर्दै आएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation