नेभिगेशन
सबै कुरा

सुनको मूल्यमा पुनः रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

नेपाली बजारमा सुनको मुल्यले पुनः रेकर्ड ब्रेक गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मुल्य तोलामा एकैदिन दुई हजार १०० रुपैयाँले बढेर रेकर्ड बनाएको हो । 

महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ३० हजार रुपैयाँ तोकिएको छ । बिहिबार छापावाला सुन प्रतितोला एक लाख २७ हजार नौ सयमा कारोबार भएको थियो । बिहिबार सुनको मूल्यले बनाएको रेकर्ड शुुक्रबारको सूनको मूल्यले तोडेको छ । 

Dish Home
Global Ime Bank

त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख २९ हजार ४०० रुपैयाँमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बिहिबार तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सयमा कारोबार भएको थियो । 

त्यस्तै, चाँदी पनि तोलामा १५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५२५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation