नेभिगेशन
सबै कुरा

सुन चाँदीको मूल्यमा सामान्य गिरावट, यस्तो छ आजको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ३ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार ४ सय कायम भएको छ । सोमबार छापावाला सुन प्रतितोला रु एक लाख २६ हजार ७ सयमा कारोबार भएको थियो । 

यस्तै, तेजावी सुन पनि प्रतितोला रु ३ सयले घटेको छ । महासङ्घले आजका लागि तेजावी सुन प्रतितोला रु एक लाख २५ हजार ८ सय कायम गरेको छ । सोमबार तेजावी सुन प्रतितोला रु एक लाख २६ हजार एक सय मूल्यमा कारोबार भएको थियो । 

Dish Home
Global Ime Bank

यसैगरी, मंगलबार चाँदीको मूल्यमा समेत सामान्य गिरावट भएको छ । सोमबार प्रतितोला रु एक हजार पाँच सय १५ मा कारोबार भएको चाँदी आजका लागि रु एक हजार पाँच सय ५ निर्धारण भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation