नेभिगेशन
सबै कुरा

एसिया कप खेलेर फर्किए नेपाली खेलाडी

२० भदौ, काठमाडौं - पाकिस्तान र श्रीलंकामा भएको एसिया कप क्रिकेट खेलेर नेपाली खेलाडी स्वदेश फर्किएका छन् ।

भदौ १३ गते भएकाे पाकिस्तानविरुद्धको खेलमा नेपाल २३८ रनले पराजित भएको थियो । 

३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा एक सय ४ रनमा अलआउट भएको थियो भने गत सोमबार श्रीलंकामा भएको खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो ।

वर्षाले अवरुद्ध भएपछि २३ ओभरमा घटाइएको खेलमा भारतले पाएको १४५ रनको लक्ष्य सहज भेटाएको थियो । जहाँ ओपनर  रोहित शर्माको ७४ र शुभमन गिलको ६७ रन जोड्दै विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा भारतले जित हात पारेको हो ।  ।

समूह चरणको खेलमा दुवै टिमसँग पराजय भएपछि नेपाल एसिया कपबाट बाहिरिएको हाे ।

दुवै खेलबाट बाहिरिएपछि स्वदेश फर्किएको टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्