नेभिगेशन
सबै कुरा

मिटरव्याज पीडितहरुको गुनासो सुन्न गृह मन्त्रालयले सुरु गर्यो टोल फ्री नम्बरः १११२

काठमाडौं । मिटरव्याज पीडितको गुनासो सुनुवाइका लागि गृह मन्त्रालयले टोल फ्री हटलाईन सुुरु गरेको छ । साथै मन्त्रालयले गृह मन्त्रालयमा सम्पर्क व्यक्ति तथा सबै जिल्ला प्रशासन कार्यालयमा सहजीकरण डेस्क स्थापना गरेको छ । 

अब मिटर ब्याजसम्बन्धी गुनासो भए जिल्ला प्रशासनको डेस्कमा तथा सोझै गृह मन्त्रालयको टोल फ्री नम्बर  १११२ मा सम्पर्क गर्न सकिने छ । 

गृह मन्त्रालयका अनुसार मिटरब्याज सम्बन्धी उजुरी, निवेदन र पीडितहरुका गुनासा तत्काल सुनुवाई गर्न जिल्ला प्रशासन कार्यालयहरुमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सो सम्बन्धी विषय हेर्ने सहजीकरण डेस्क समेत स्थापना गर्न जिल्ला प्रशासनहरुमा पठाइसकिएको छ । 

उक्त डेस्कमा खटिने कर्मचारीहरुको सम्पर्क नम्बर सहितको विवरण (नामथर पद, इमेल, सम्पर्क नं।, मोबाइल नं। तथा अन्य सम्पर्कका माध्यमहरु) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्ने छन् । 

साथै देशैभरका मिटरब्याज सम्बन्धी पीडितहरुका गुनासो तत्काल सम्बोधन गर्न  जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जि.एम.लाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको छ ।

मिटरब्याज सम्बन्धी गुनासो भर्ए सम्पर्क व्यक्तिलाई निम्न विवरणमा सम्पर्कक गर्न सकिने जनाएको छ।

मोवाइल नम्बरः ९८५१३६०६०३ ( भाइवर, ह्वाटस्एप)

इमेल:[email protected]

फोन: ०१४२११२५७

टोल फ्री नम्बर: १११२


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै