नेभिगेशन
सबै कुरा

आयोगलाई जीवन चलाउनेको भिडियो बयान ‘मलाई सीआईबीले जतिसक्दो छिटो नेपालबाट भाग्न भन्यो’

काठमाडौँ । सुन तस्करीका मुख्य अभियुक्त मध्येका एक जीवन चलाउनेले आफूलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नै भगाएको बयान दिएका छन् । 

सुनको अवैध ओसार पसार तथा तस्करी छानबिन गर्न गठित आयोगले लिएको भर्चुअल बयानमा चलाउनेले आफूले सीआइबीमा ४ घण्टा भिडियो बयान दिएको आयोगलाई बताएका थिए । 

‘ब्यारोका एआईजी किरण बज्राचार्यको कार्यकक्षमा १ घण्टा र अन्य संलग्न अधिकारीहरूको कार्यकक्षमा ३ घण्टा भिडियो बयान दिएको हुँ,’ आयोगका उच्च अधिकारी भन्छन् ‘तर, मेरो संलग्नताबाट धेरैको पोल खुल्ने भएपछि उहाँहरूले मलाई जतिसक्दो छिटो नेपाल छोडेर भाग्न भन्नु भयो ।  नेपालबाट आफू भागेको नभई प्रहरीबाटै भाग्न बाध्य पारिएको हो । सहजीकरण गरे म नेपाल आउन तयार छु ।’ चलाउनेले आयोगलाई आफूसँग गरिएको भिडियो संवाद कहाँ लगियो थाहा नभएको पनि बयान दिएका छन् । 

सुन तस्करीका ‘पत्रकार माफिया जीवन चलाउने’, आफैँ भगाएर आफैँ खोज्दै सीआईबी



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation