नेभिगेशन
सबै कुरा

सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदन बुझे लगत्तै उपप्रधान एवम् गृहमन्त्री लामिछानेको महत्वपूर्ण तीन मूभ

काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी)  सम्बन्धी जाँचबुझ आयोगकाे प्रतिवेदन बुझे लगत्तै उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने केही महत्वपूर्ण छलफलमा जुटेका छन् । 

झण्डै चार घण्टाको फरकमा उनले देखाएको दौडधुपले गृह मन्त्रालयबाट केही ठूलै अप्रेशनको तयारीको छनक देखिएको मन्त्रालय सम्बद्ध अधिकारीले बताएका छन् । 

बिहान ११ बजेर ५ मिनेट जाँदा आयोगले गृहमन्त्री लामिछानेलाई प्रतिवेदन बुझाएको थियो । प्रतिवेदन पाए लगत्तै लामिछाने मन्त्रालयकै आफ्नो गोप्य कोठामा एक्लै बसेर २ घण्टासम्म प्रतिवेदन पढेका थिए । प्रतिवेदनको केही महत्वपूर्ण बुँदाहरू टिपोट गरेका उनी लगत्तै मन्त्रालयबाट निस्किएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए । 

सुन तस्करीसँग सम्बन्धित सिधाकुराकाे Exclusive स्टाेरी पढ्नुहाेस् 

र्सेक्रेट्स अफ गोल्ड माफियाका श्रृङ्खलाहरु

प्रधानमन्त्रीसँग झण्डै एक घण्टा बिताएका लामिछानेले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई गृह मन्त्रालय बोलाए  ।  झण्डै एक घण्टा अघि गृह मन्त्रालय पुगेका महानिरीक्षक कुँवरसँग उपप्रधानमन्त्री लामिछानेले ढोका थुनेर छलफल गरिरहेका छन् ।

गृह मन्त्रालय स्रोतकाअनुसार आयोगले बुझाएको प्रतिवेदनसँग सम्बन्धित विषयमै महानिरीक्षक कुँवरसँग छलफल भइरहेको छ ।   

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation