नेभिगेशन
सबै कुरा

गृह मन्त्रालयले मिटरब्याज पीडितलाई ६ वटा गाडीबाट घर पुर्याउँदै

काठमाडौँ । मिटरब्याज पीडितहरूलाई गृह मन्त्रालयले नै सवारी व्यवस्थापन गरेर गृह जिल्ला पुर्याउने भएको छ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयका अनुसार आन्दोलनका लागि काठमाडौँ आएका २ सय ६० जना मिटर ब्याज पीडितहरूलाई मंगलबार साँझै ६ वटा बसबाट गृह जिल्ला पठाउन लागिएको छ ।

झापादेखी कञ्चनपुरसम्मकै पीडितहरूलाई पायक पर्ने गरी सवारी व्यवस्थापन गरिएको  काठमाडाैँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्ननेतले बताए  । केही भने आफ्नो व्यक्तिगत काम सकेर आफ्नै खर्चमा फर्किने जनाएका छन् ।

मिटरब्याजबाट पीडित भएकाहरु संगठित भएर एक महिना अघि झापा र कञ्चनपुरदेखि पैदल काठमाडौँ आएका थिए । सोमबार गृहमन्त्री लामिछानले उनीहरुसँग ४ बुँदे सहमती गरेसँगै आन्दोलन फिर्ता गरेका थिए । आन्दोलन फिर्ता भएपनि घर फर्कीने गाडी भाडा नभएको बताएपछि गृह मन्त्रालयले नै यातायातको व्यवस्थाप मिलाएको गृह मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै