नेभिगेशन
सबै कुरा

मिटरब्याज पीडितको समस्या समाधान गर्न आयोग बनाउने सहमति, आन्दोलन स्थगित (सहमतिको पूर्णपाठ )

काठमाडौँ । एक महिनादेखि जारी मिटब्याज पीडितहरुको आन्दोलन स्थगित भएको छ । सोमबार गृह मन्त्रालयमा भएको समझदारी पछि आन्दोलनरत पीडितहरुले आन्दोलन स्थगित गरेका हुन् । 

उपप्रधान एवम् गृह मन्त्री रवि लामिछानेको पहलमा भएको दुई दिनको बार्ता पछि सरकार र आन्दोलनरत पक्षबीच ४ बुँदे सहमति भएको हो । सहमतिअनुसार मीटर ब्याज पीडितको समस्या समाधान गर्न नयाँ आयोग गठन गर्न सरकार सहमत भएको छ । 

मीटर ब्याज पीडित संघर्स समितिका संयोजक अवधेश कुमार कुसवाले सरकारसंग चार बुँदे सहमति भएको सिधाकुरालाई बताए । सरकार समस्या समाधान गर्न राजी भएपछि आन्दोलनका कार्यक्रम स्थगन गरिएको उनले बताए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
भर्खरै