नेभिगेशन
सबै कुरा

निषेधित क्षेत्र ताेडेपछि बालुवाटारबाट १६ मिटरब्याज पीडित पक्राउ

काठमाडौँ । बालुवाटस्थित प्रधानमन्त्री निवासअघि प्रदर्शन गर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ ।


प्रधानमन्त्री निवासभित्र गठबन्धनकाे मन्त्रालयकाे भागबण्डाबारे छलफल चलिरहेकाे समयमा मिटरब्याज पीडितहरुले निषेधित क्षेत्र ताेडेका थिए । निषेधित क्षेत्रमा किसान मजदुर जिन्दावाद्को नारा लगाएका उनीहरुलाई मालिगाउँ प्रहरी वृतमा लगिएको प्रहरीले जनाएको छ । 

मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहका अनुसार उनीसहित प्रहरीले १६ जनालाई पक्राउ गरेकाे छ । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation