नेभिगेशन
सबै कुरा

के भयो फेसबुक र इन्स्टाग्रामलाई ?

काठमाडौँ । सामाजिक सञ्जाल प्लेटफर्म फेसबुक, इन्स्टाग्राम र म्यासेन्जरमा समस्या आएको छ । मातृ कम्पनी मेटाको यी सामाजिक सञ्जाल एपहरु एक्कासी बन्द भएका छन् । उक्त एपहरुबाट प्रयोगकर्ताहरुको अकाउण्ट अटो लग आउट भइरहेका छन् । र पटक पटक लग इन गर्ने प्रयास गरेपनि सफल भएको छैन । 

उक्त समस्या नेपालमा मात्रै नभएर अन्य देशमा पनि देखिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर के कारणले उक्त समस्या हो खुल्न सकेको छैन । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation