नेभिगेशन
सबै कुरा

वन कार्यालयले झुपडी भत्काउँदा गरिब परिवारको बिचल्ली

चन्द्रपुर । रौतहटको चन्द्रपुर-७ स्थित  नयाँबस्ती बस्दै आएकाहरुकाे झुपडी बन कार्यालयले भत्काइदिएको छ । स्थानिय धर्मेन्द्र मली डोम,  जुगेशर हजारी, अशोक पासवान, विवेक पासवान को झुपडी भत्काइदिएपछि ४ वटा परिवारको बिचल्ली भएको धर्मेन्द्र मली डोमले गुनासाे गरे ।

बिना सूचना वनका कर्मचारी आएर बर्षौँदेखि बस्दै आएको झुपडी भत्काएको उनीहरुको आराेप छ ।  झुपडी भत्किएपछि बिचल्ली भएको र जाडो मा कहाँ, कसरी बस्ने भन्ने चिन्ता ले सताएको बिबेक पासवान बताउँछन् । 

वन क्षेत्र अतिक्रमण गरि झुपडी बनाएको र पटक पटक हटाउन सुचना दिदा खाली नगरेपछि शनिवार वनका कर्मचारीले हटाएको चन्द्रनिगाहपुर सेक्टर वन कार्यालयका साहयक वन अधिकृत राम केवल राय यादवले जानकारी दिएका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation