नेभिगेशन
सबै कुरा

ठगी आरोपमा प्रहरी सहायक हवल्दार र प्रहरी जवान पक्राउ

जनकपुरधाम । ठगी आरोपमा प्रहरीनै पक्राउ परेका छन । सर्वसाधारण ब्यापारीको ३१ थान मोबाईलसँगै दुईलाख रुपैयाँ ठगेको आरोपमा बहालवाला प्रहरी सहायक हवल्दार र प्रहरी जवान पक्राउ परेका हुन् ।  

पक्राउ पर्नेमा महोत्तरी गाउँपालिका ५ घर भई जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत सहायक हवलदार दीपेन्द्र कुमार राज र सुनसरी देवागन्ज गाँउपालिका २  घर भएका जवान रोशन कुमार यादव रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय धनुषामा दुवैजनाविरुद्ध आईतवार आपराधिक विश्वासघात र आपराधिक लाभ शिर्षकमा मुद्दा  दर्ता भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रवक्ता एसएसपी श्याम कुमार महतोले बताए ।

जिल्ला अदालत धनुषाबाट ७ दिनको म्याद लिई उनीहरमाथि अनुसन्धान भईरहेको एसएसपी महतोले जानकारी दिए ।

प्रहरीका अनुसार सहायक हवल्दार दिपेन्द्र र जवान रोशनले जनकपुरका एकजना ब्यापारीसँग फागुन ८ गते बिभिन्न ब्राण्डको ३१ थान मोबाईल खरिद गरेका थिए। पछि मोबाईल फिर्ता गर्ने भनेर ब्यापारीसँग दुईलाख रुपैयाँ समेत लिएका थिए । तर उनीहरुले मोबाइल र पैसा दुबै फिर्ता नगरेको भन्दै उजुरी परेको थियो । त्यसपछि उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ । उनीहरुको बयानको आधारमा खोजी गर्दा  जनकपुर उपमहानगरपालिका ७ स्थित अन्जनीमाई कुटी नजिकै झाडीमा झोलाभित्र ३१ थान मोबाइल र ९५ हजार रुपैयाँ भेटिएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation