नेभिगेशन
सबै कुरा

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति बराल त्रिविको उपकुलपतिमा नियुक्त

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजङ्ग बराल नियुक्त भएका छन् ।

विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् ।

Dish Home
Global Ime Bank

पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका बरालसहित ३ जनाको नाम शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो ।

उपकुलपति पदका लागि दरखास्त दिएका ४३ मध्ये १४ जना छानिएकामा नियुक्तिका लागि तीनजनाको नाम सिफारिस भएको थियो । तिनमध्ये बराल उपकुलपतिमा नियुक्त भएका हुन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation